Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

निमोनियाको जोखिम घटाउने ५ घरेलु उपचार

२० बैशाख २०७८, सोमबार ०५:१४


निमोनिया जीवाणु संक्रमण भाइरसका कारण फैलिने गर्छ । अहिले काेराेनाभाइरस भएपछि पनि निमाेनियाकाे समस्या बढ्न थालेकाे छ ।

यो एकप्रकारको गम्भीर रोग भएकाले यसबाट हरेक वर्ष लाखौँ मानिस मुत्युको मुखमा पुग्ने गर्छन् । निमोनिया एक संक्रामक रोग हो ।

खोक्दा, हाच्छ्युँ गर्दा, वा श्वासप्रश्वासको ओहोर–दोहोरबाट यो रोग एकबाट अर्काेमा फैलिने गर्छ । धेरै व्यक्तिमा निमोनियाको लक्षण देखिने गर्दैन, तर ती मानिसले निमोनिया फैलाउन सक्छन् । त्यसकारण पनि यसको लक्षणबारे जानकारी लिन आवश्यक छ ।

निमोनियाको लक्षण

– खोकी लाग्ने
– ज्वरो आउने
– टाउको दुखाइ
– श्वासप्रश्वासमा समस्या
– छाती दुखाइ
– मासंपेशीको दुखाइ
– उल्टी हुने
– चक्कर लाग्ने

निमोनिया एक घातक रोग हो । यसको उपचारको लागि घरमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, धेरै अवस्थाका अस्पताल भर्ना हुन आवश्यक पनि हुन्छ । स्वस्थ जीवनशैली अपनाएर निमोनियाको जोखिमलाई घटाउन सकिन्छ । तल प्रस्तुत छन्ः निमोनियाबाट बच्नका लागि घरैमा गर्न सकिने केही प्रभावकारी उपचार :

बेसार वा अदुवाको चियाको पिउनुहोस्

निमोनिया रोगका लागि बेसार वा अदुवाको चिया खानाले छातीको दुखाइ वा टाउको दुखाइको समस्यामा राहत आउँछ । पकाएको बेसार वा अदुवाको छेक्रा खाँदा स्वास्थ्यका लागि धेरै फाइदा गर्छ ।

मरिचको चिया पिउनुहोस्

छाती दुखाइमा मरिचको चियाले भित्रसम्म पुगेर काम दिने गर्छ । मरिचको तातो चिया पिउनाले घाँटीमा हुने खसखसाहटको समस्या हल हुन्छ ।

कफी पिउनुहोस्

तातो कफी पिउनाले निमोनियाको कारण हुने श्वासप्रश्वासको समस्यालाई कम गर्ने गर्छ । कफीमा पाइने क्याफिन फेफडोले भित्री भागसम्म पुगेर श्वास फेर्न सजिलो हुन्छ ।

महको सेवन गर्नुहोस्

महमा एन्टिब्याक्टेरियल, एन्टिफइंग र एन्टिओक्सिन्टजस्ता विशेषता रहेका हुन्छन् । जसले निमोनियाबाट हुने कफलाई कम गर्छ । गिलासको एक चौथाई पानीमा १ चम्चा मह पानी मिलाएर हरेक दिन पिउनाले निमोनियाबाट छुटकारा पाउन सकिन्छ ।

तातो सुप पिउनुहोस्

सुप मौसमी सब्जीहरूबाट बनेको हुन्छ । सुप पोषक तत्वको एक स्रोत हो, जसले संक्रमणसँग लड्नका लागि आवश्यक शक्ति प्रदान गर्दछ । तातो सुपले शरीरलाई न्यायो प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,