Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

देशभर सात हजार शय्या थप गर्ने तयारी, कहाँ कति ?

२० बैशाख २०७८, सोमबार ०५:१९

सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका ६ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिए । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुनेछ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ ।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय–सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०–१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा.अधिकारीले काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००–४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताए ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००–५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् । सम्झौताअनुसार निजी अस्पतालले दुई हजार शय्या बनाउनेछन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हैदराबाद(एएनआई) – भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् । शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिशविना घरमा अक्सिजन सिलिन्डर नराख्न दिर्नेशन जारी गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको