Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

कंगनाको ट्वीटर ‘सस्पेण्ड’

२१ बैशाख २०७८, मंगलवार १५:४२


ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार पश्चिम बंगालको विधानसभा चुनावको परिणाम सार्वजनिक भएपछि अभिनेत्रीले केही विवादित ट्वीट गरेकी थिइन् । यसलाई लिएर उनीविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

कोलकाता प्रहरीले कंगनाका विरुद्ध पश्चिम बंगालका मानिसहरुको भावनामाथि आहत पुर्याएको आरोप लगाएको छ । अधिवक्ता सुमीत चौधरीले इमेलमार्फत कोलकाता पुलिस कमिश्नर सौमेन मित्रालाई उजुरी पठाएका थिए ।

पश्चिम बंगालको चुनावपछि कंगनाले एउटा विवादास्पद ट्वीट गरेकी थिइन् ।

‘पश्चिम बंगालमा बंगलादेशी र रोहिंग्या बढी संख्यामा छन् । यसबाट प्रष्ट देखिन्छ कि हिन्दी त्यहाँ हिन्दु बहुमतमा छैनन् । तथ्यांक अनुसार बंगाली मुस्लिम निकै गरिब र बञ्चित छन् । राम्रो कुरा यो हो कि दोस्रो कश्मिर बन्न जाँदैछ’, उनले ट्वीटेकी थिइन् ।

चुनाव परिणामपछि भएको हिंसा पछि कंगनाले पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी छन् ।

अभिनेत्रीले राज्यमा भएको हिंसालाई लिएर एक भिडियो पोस्ट गरेकी छन् । जसमा उनी रोएकी छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज