
अक्सिजनका खाली सिलिन्डर अस्पतालमा दिनुहोस् : स्वास्थ्य मन्त्रालय
२३ बैशाख २०७८, बिहीबार १८:५३
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ ।
मन्त्रालयको अनुगमनका क्रममा धेरै खाली सिलिन्डर आफैँ राखेको पाइएकाले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड–१९ संक्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा धेरैले खाली सिलिन्डर राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकाले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
अक्सिजन सिलिण्डरको संख्या ६ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उनले धेरैभन्दा धेरै सिलिन्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउन आग्रह गरेका हुन् ।
मन्त्रालयले अनुगमन गर्दा खाली र भरेर भण्डारण गरेको पाएमा संक्रामक रोग ऐन २०२० को आधारमा कारवाही गर्ने जनाएको छ ।
उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा सिलिन्डर अझै पनि सरकारको निर्णयविपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो