Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

मालीकी एक महिलाले एकैपटक जन्माइन् ९ सन्तान

२५ बैशाख २०७८, शनिबार ००:५७


बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९ सन्तानलाई एकैपटक जन्म दिएकी हुन् । उनलाई माली सरकारले विशेष उपचार र हेरचाहका लागि मोरक्को पठाएको हो ।

९ सन्तानमध्ये ४ जना छोरा र ५ जना छोरी रहेको बताइएको छ । ‘अहिले म निकै खुसी छु’, सिसेकी श्रीमान्ले भने, ‘मेरी श्रीमती अनि बच्चाहरूको अवस्था राम्रै छ ।’

यसअघि सन् २००९ मा अमेरिकाकी एक महिलाले ८ सन्तानलाई एकैपटक जन्म दिएकी थिइन् । हालसम्म गिनिज बुकमा एकैपटक सबभन्दा धेरै जिवित सन्तान जन्माउनेमा उनकै नाम थियो ।

त्यसैगरी सन् १९७१ मा अस्ट्रेलिया र मलेसियाकी महिलाले सन् १९९९ मा पनि ९ सन्तानलाई जन्म दिएका थिए । तर ती सबै जन्मिएको केही दिनसम्म मात्रै जिवित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै