Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

अब सामाजिक सञ्जालमा सकारात्मक कुरा मात्र पोष्ट गर्छु : दीपकराज गिरी

२५ बैशाख २०७८, शनिबार ११:०८


काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्।

कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक पोष्टले मानिसहरुको मनोबल गिराउने हुँदा अबदेखि सकारात्मक कुरामात्रै लेख्ने उनले बताएका हुन।

दीपकराज गिरीको स्टाटस जस्ताको त्यस्तै :

आज म लेख्दै छु‘

विषय : ‘सामाजिक सञ्जाल’

सरकारलाई २ शब्द कसैले केही भनोस् एकथरि कार्यकर्ताहरू अरिङ्गाल झैँ झम्टिन्छन् !! गाली गलौच मै उत्रिन्छन्!!

अर्को तिर, गाउँमा भैँसी ले राम्रो सँग दूध दिएन भने पनि ‘यो सरकार आए देखि के भो के भो भैँसीले दूधै दिन छोड्यो – यो सरकार मुर्दावाद’ भन्ने खालको सोच छ । सानो कुरा बिग्रियो कि सरकार माथि खनियो !!!

एउटा पक्षलेले अर्को पक्षको खेदो खन्यो, राज्यले केही दिएन भन्यो बुरूक बुरूक उफ्रियो‘ अधिकार १००५ चाहियो, कर्तव्य ०५

दिनभर घरको काम श्रीमतीलाई गर्न लगायो,

बेलुका २ क्वाटर धोक्यो, अनि देश कसरी चलाउन पर्छ भनेर स्ट्याटस ठोक्यो‘फेसबुकका भित्ताहरू आजकल यस्तै-यस्तै नकारात्मक कुराले भरिपूर्ण हुन्छ!

युट्युब तिर झन् हरि बिजोक छ,हाम्रो देशको ट्रेन्डिङ‘

‘देवरले भाउजू उडायो ट्रेन्डिङ

कसको डिभोर्स भो, को लिभिगं रिलेसनमा छ, हत्या हिंसाका कुरा, अर्काको निजी भन्दा निजी कुरा सामाजिक सञ्जालमा यत्रतत्र उदेक लाग्दो ढङ्गले छरिएका हुन्छन्!

त्यस्तो सामग्री हेरेपछि, पढेपछि कोभिडसँग लडिरहेका बिरामीलाई सिधै निमोनिया होला भन्ने डर!!!

म व्यङ्ग्य गर्ने मान्छे, मेरो दालभात त्यसैबाट जोहो हुन्छ!

अरूलाई व्यङ्ग्य गरेर जहान बच्चा पाल्नु पर्ने अलि छुच्चो काम पनि हो

मेरो ११ केही हदसम्म नकारात्मकता मैले पनि फैलाए होला!

आज सारा देश कोभिडसँग लडिरहेको छ, जताततै पीडा छ

आस लाग्दा समाचार हम्मेसि सुन्न पाइन्न, सबैलाई भाइरल हुने चाहना छ, आफ्नो रिस र कुण्ठा पोख्ने थलो भएको छ सञ्जाल !

सङ्क्रमण भएर घर बसेकाहरूले टाइम पास गर्न फेसबुक खोले भने, शारीरिक रोग त छदै थ्यो मानसिक रोग पनि थपिने पक्का छ।

एक व्यक्तिले यो नकारात्मकतालाई परिवर्तन गर्न सक्दैन

न कुनै निकायले यस लाई नियमन नै गर्न सक्छ!

अतः जब सम्म कोभिड महामारीसँगको हाम्रो लडाइ जारी रहनेछ

तब सम्म म व्यक्तिगत रूपमा फेसबुकमा यो वा त्यो समूहलाई घोचपेच, व्यङ्ग्य, र नकारात्मक कुराहरूलाई बन्द गरेर सकारात्मक कुराहरू मात्रै पोस्ट गर्ने प्रण गर्दछु!!

शुभ दिन! शुभ शुक्रबार!! सबैको जय होस!!!

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज