Lifestyle Portal
  •   ७ असार २०७८, सोमबार
Pm office nepal mantriparishad

मन्त्रिपरिषद् बैठकको निर्णय, वीरको नयाँ भवनमा कोरोना संक्रमितको मात्रै उपचार गरिने

२६ बैशाख २०७८, आईतवार ००:३३

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकमा वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका व्यक्तिलाई मात्रै उपचार गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निजी सवारी साधन

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन