
यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद
२६ बैशाख २०७८, आईतवार ०६:४२
काठमाडाैं। संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद सचिवालयले जनाएको छ।
वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो। संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ।
संसद् सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा रहेकाले संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ। संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्।
सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै छ। प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ।
कोरोना संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ। परीक्षण गरिएका मध्ये करिब १२ प्रतिशतमा संक्रमण पुष्टि भएपछि वैशाख २७ गतेका लागि बोलाइएको संसद;को विशेष अधिवेशन नै कोरोना संक्रमणको केन्द्र बन्ने हो कि भन्ने त्रास बढेको छ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको संसद् बैठकमा संक्रमित सांदलाईसमेत उपस्थित गराउने तयारी सचिवालयले गरेको छ।
अधिवेशन अगाडि कार्यव्यवस्था परामर्श समितिको छलफलले संक्रमित सांसदको सहभागिताको विषय टुंगो लगाउने छ । संक्रमित सांसदर्ला छुट्टै कक्षमा राखेर मतदानमा सहभागी गराउने तयारी भए पनि यो निर्णय भइसकेको छैन । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
पोजेटिभ रिपोर्ट आएका २६ सांसद
– झलनाथ खनाल
– मुकुन्द न्यौपाने
– मायादेवी न्यौपाने
– पार्वती डिसी चौधरी
– राजेन्द्रप्रसाद गौतम
– नन्दलाल रोका क्षेत्री
– लालबाबु पण्डित
– लक्ष्मणलाल कर्ण
– नरमाया ढकाल
– महेश बस्नेत
– रामबाबु यादव
– गोपालबहादुर बम
– नमीता कुमारी चौधरी
– शान्तिमाया तामाङ
– विना कुमारी श्रेष्ठ
– रेनुका गुरुङ
– जुलीकुमारी महतो
– रघुवीर महासेठ
– किसान श्रेष्ठ
– सुरेश कुमार राई
– पुष्पा कुमारी कर्ण कायस्थ
– भानुभक्त ढकाल
– बीना मगर
– भरतकुमार शाह
– प्रमोद शाह
– दिपकप्रकाश भट्ट
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत