कुन खोपको प्रभावकारिता कति ?


सुयोग ढकाल । सिरम इन्स्टिट्यूट भारतले बनाएको कोभिशिल्ड, चीनको सिनोभ्याक्स, रुसको स्पुतनिक अनि अमेरिकन लगानीको कम्पनी पिफाइजर, मोडर्ना लगायतका थुप्रै कम्पनीहरुको कोभिडको भ्याक्सिन बनाएका छन् । अमेरिकाले फाइजरको भ्याक्सिन शुरुवाती दिनबाट नै प्रयोग गरेको हो । उता भारतले कोभ्याक्स र कोभिशिल्ड दुबै नाममा भ्याक्सिन उत्पादन गरेको हो, यी भ्याक्सिनहरु एस्ट्रोजेनीका कम्पोजिशन हुन् । सिरम इन्स्टिट्यूटका सिइओले भारत छाडेर गएको खबर आएपछि भ्याक्सिनको राजनिति र लाजनिती दुबैले एउटा नयाँ मोड पाएको छ । आखिर कुन भ्याक्सिन लगाउने ? कुन भ्याक्सिनको कति प्रभावकारिता छ लगायतका कुराहरु अहिले सबैको चासोको कुरा भएको छ ।

एस्ट्रोजेनीका कम्पोजिशनमा चाँही अक्सफोर्ड विश्वविधालयको अध्ययन र लगानी दुबै रहेको छ र यो विश्वकै सबैभन्दा सस्तो भ्याक्नि मानिन्छ ।

भ्याक्सिन कुन प्रभावकारी भन्ने चर्चा अहिले विश्वभरि निकै चलिरहेको छ । देशको रोजाई अनुसार यो देशको उत्पादन ठिक या बेठिक भन्ने कुरा पनि रहँदैन भन्ने बिकासोन्मुख देशहरुमा त झनै भ्याक्नि किन्ने या छनौट गर्ने बिकल्पहरु पनि कम हुन्छ । विश्व बजारमा अहिले कोभिडको ९६ वटा भ्याक्सिनहरु उपलव्ध छन् । यिनै मध्य भारतको उत्पादन अलिक कम मुल्यको रहेको, चीनको उत्पादन पनि त्यहि रेन्जमा आउने भनें अमेरिकी लगानीको फाइजरको उपलव्धता गैरअमेरिकीका लागि नरहेको, त्यसपछिको मोर्डना कम्पनीको उत्पादन पनि बिकासोन्मुख देशका लागि असंभव रहेको तथ्यहरु देखिएको छ ।

प्रस्तुतीः सुयोग ढकाल

अमेरिकामा चाँही ३ वटा भ्यासिक्नहरुलाई फुड एण्ड ड्रग्स एड्मीनिट्रेशन बिभागले मान्यता दिएको छ यद्धपी सम्पूर्ण रुपमा लाइसेन्स नदिइएको बताइएको छ । फाइजर र मोर्डनाका साथै तेश्रो उत्पादक जनशन एण्ड जनशनको जानशेनलाई पनि अमेरिकी प्रशासकहरुले आत्मसाथ गरेको पाइन्छ । बास्तवमा विश्वभरिका सबै भ्यासिक्नहरुको प्रभावकारिता चार्ट हेर्दा यि ३ उत्पादकका भ्यासिक्नहरु चाँही निकै प्रभावकारी रहेको पाइन्छ ।

गत वर्षको डिसेम्बर ताका नै फाइजर र माडर्नाले उत्पादनलाई प्रयोगमा ल्याएको हो यद्धपी जनशनको उत्पादन चाँही फेब्रुअरीमा ल्याइएको हो । जनशनको भ्यासिक्नचाँही एक डोजमा नै सकिने अनि अन्य भ्यासिक्न जस्तो चिस्यान यन्त्रमा राख्न नपर्ने भएकाले कम झन्झटिलो र गेम चेन्जरका रुपमा लिइएको हो यद्धपी सोचेजति यो भ्यासिक्न प्रयोगमा आउन सकेको छैन ।

फाइजर र मोर्डनाचाँही आरएनए भ्यासिक्नहरु हुन् । यसले कोषहरुमा केहि जेनेटिक कोडहरु सप्लाई गर्दछ । जनशन एण्ड जनशनको भ्यासिक्नले चाँही प्रोटिन स्पाइकहरु उत्पादन गर्न इम्यून रेस्पोन्सलाई क्रियाशील गर्दछ । जनशन एण्ड जनशन कम्पनीले चाँही इवोलाको समयमा पनि यहि प्रकृतिको भ्यासिक्न उत्पादन गरेको थियो ।

फाइजरको प्रभावकारिता चाँही ९५ प्रतिशत देखिएको छ भनें माडर्नाको चाँही ९४ दशमलव १ प्रतिशत अनि अमेरिकी जनसख्याँमा जनशनको खोप चाँही ७२ प्रतिशत प्रभावकारी देखिएको छ । जनशनको प्रयोग क्रम जारी नै छ र बिभिन्न महादेशहरुमा यसको प्रभावकारिता प्रतिशत फरक फरक देखिएको छ ।

औसतमा हेर्दा जुनसुकै खोपहरु पनि लगाएको २१ दिनपछि मात्र क्रियाशील हुने देखिएको छ । सामान्यतया सबै खोपहरु १६ वर्ष या माथिको उमेर समुहका लागि बनाइएको छ । यद्धपी यस भन्दा कम उमेरका लागि पनि खोपको प्रयोग भइरहेको छ ।

अब भारतको उत्पादन एस्ट्राजेनिका कम्पोजिशनको कुरा गरौं । यस कम्पोजिशनको प्रभावकारिता पनि जनशनको खोप जस्तै भएको बताइन्छ । ४ हप्ताको बिचमा दुई डोज लगाउनुपर्ने यस खोप पनि जनशनको झैं पद्धतिले काम गर्ने गर्दछ । अमेरिकाले आत्मसाथ गर्न बाँकी यस खोपलाई बेलायतले प्रयोग गरेको तर अवधि चाँही ४ हप्ता नगरि १२ हप्ताको खाली समय राखेको छ । यसो गर्दा यसको प्रभावकारिता बढ्ने बेलायती अध्ययनकर्ताहरुको निष्कर्श छ । एस्ट्राजेनिकाको प्रभावकारिता चाँही ७६ प्रतिशत रहेको पाइन्छ । उता रुसी स्पुतनीक खोप चाँही ९१ प्रतिशत प्रभावकारी भएको पाइन्छ ।

भाइरसको जुनसुकै भेरिएन्टमा पनि खोप प्रभावकारि हुने अहिलेसम्मको अध्ययनले बताएको छ । फाइजर र मोडर्नाले चाँही सबै भेरिएन्टबाट सुरक्षा दिन तेश्रो बुस्टर डोजको पनि बिकास गर्दै छन् ।

उता चीनको उत्पादन सीनोभ्याक पनि अहिले निकै चर्चामा रहेको छ । नेपालमा पछिल्लो समयमा यहि खोप सर्वसाधाराणलाई लगाइएको हो । यस खोप चाँही भाइरस पार्टिकललाई मार्ने हिसाबले बनाइएको हो । केवल २ देखि ८ डिग्री सेल्सियसमा राख्न मिल्ने यस खोपलाई बिकासोन्मुख देशका लागि प्रभावकारी मानिएको छ । नत्र फाइजर र मार्डनालाई माइनस ९० देखि माइनस ८० डिग्रीमा स्टोर गरिन्छ जुन बिकासोन्मुख देशका लागि अफ्ठेरो हुनसक्दछ । यस खोपको प्रभावकारीता चाँही ७९ प्रतिशत पाइएको छ ।

माथिका सबै तथ्यहरु तठस्त स्वाूथ अध्ययन पत्रिका ल्यान्सेटको बिभिन्न संस्करणबाट लिइएको हो । भ्याक्सिनको रक्षाले गर्दा यस पटकको लहरमा धेरै खोप लगाएका मान्छेहरु जोगिएको पाइन्छ । आफ्नो ख्याल राख्नुहोला ।


Loading comments...