Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

२७ बैशाख २०७८, सोमबार १८:३४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ। सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव असफल भएको हो ।

विश्वासको मत लिने प्रस्ताव संसद्‌बाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् ।

त्यस्तै, जनता समाजवादीको एक पक्षले प्रस्तावको विपक्षमा र अर्को पक्षले तटस्थ बस्ने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको