Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार
kidney

होसियार ! किड्नी फेल हुन सक्छ भुलेर पनि नगर्नुहोस यस्ता काम

१५ पुष २०७५, आईतवार १८:००

किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर हाम्रो आफ्नै लापरबाहीले  पनि किड्नी खराब हुने गर्दछ । किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

के कारणले किड्नी बिग्रिन्छ जानीराख्नुहोस:
१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति वेवास्ता नगर्नुहोस । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक           रोग   लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।
२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर      किड्नीमा पर्छ
३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको        विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ ।            धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

७. सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका  समस्या ल्याउछ ।

९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ । थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)

चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।

यसबाट बच्ने उपाय
१. एक दिनमा कम्तिमा ४ देखि ६ गिलास पानी पिउनुस् । यसले गर्दा शरीरबाट टक्सिन्स बाहिर निस्किन्छ । जसले किड्नीलाई स्वस्थ
रहन मद्दत गर्दछ ।

२. खानामा नुनको मात्रालाई कन्ट्रोल गर्नुहोस् । नुनमा सोडियम हुन्छ । जसले ब्लड प्रेसर बढाउने मात्र होइन, किड्नी खराब गर्न पनि भूमिका खेल्छ ।

३. डायबिटिज र ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस् । यी दुवै समस्या किड्नीका लागि नोक्सानदायक छन् । ४. ज्यादा मसलेदार खाना खाने
बानी नगर्नुस् ।

५. चुरोट, रक्सी या अन्य सूर्तीजन्य पदार्थको सेवनमा कन्ट्रोल गर्नुहोस् । यस्ता पदार्थहरुले शरीरमा टक्सिन्सको मात्रा बढाउन र किड्नी खराब गर्न भूमिका खेल्छ ।किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर,हाम्रै लहपार्बाहीले पनि किड्नी खराब हुने गर्दछ किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर