ASAP Car Rental ले सुरु गर्र्यो नि:शुल्क अस्पताल आउँजाउँ सेवा


युवा उद्यमीको समूह “ASAP Car Rental” ले कोरोना संक्रमित तथा संक्रमितहरुलाई नि:शुल्क अस्पताल आउँजाउँ सेवा सुरु गरेको छ ।

नेपाली स्टार्टअप पुस्तामा ब्यापारको नविन सोचमात्र नभई सामाजिक सहकार्यमा होमिने युवाहरुको यस विशेष योगदान सराह्नीय छ । “हाम्रो पर्यटक सवारी सेवाको ब्यापार हो र अहिले नेपालमा पर्यटक पनि छैनन र कतै आवाजावत पनि छैन, भएका गाडीहरु ग्यारेजभित्र थन्किएका छन् । मुलुक यत्रो संकटमा छ, मान्छेहरुले एम्बुलेन्स पाएका छैनन, संक्रमितहरुलाई उपचारका लागि अस्पताल जान सहज वातावरण होस् भनेर हामीले यो निःशुल्क सेवा सूचारु गरेका हौं ।” ASAP का संस्थापक उत्सव थापाले लाइभमाण्डूसँगको कुराकानीको क्रममा बताउनुभयो ।

वहाँ अगाडी थप्नुहुन्छ, “हो कोभिड संक्रमितको संख्या बढेको छ, तर मानवता घटेको छैन, हामीले सक्छौ नि! अहिले कोरोना कहरले मानव समुदायलाई दिएको थप चुनौतीलाई मध्यनजर गर्दै हामीले हाम्रा सवारीहरु नि:शुल्क रुपमा उचित सुरक्षा मापदण्डको पालना गर्दै बिरामीलाई अस्पताल आउँजाउँ गर्नका लागि काठमाडौं भित्र संचालनमा ल्याउने गर्ने निर्णय गरेका हौं । सेवा चाहिएमा हामीलाई सिधै सेवाग्राहीले यो नम्बरमा 9801096501 सम्पर्क गर्नसक्नुहुनेछ ।”

“हाम्रो कदमलाई हजुरहरुले पनि पूर्णरुपमा सहमति जनाउँदै, यो महामारी उन्मुलनमा आफ्नो भूमिका निर्बाह गर्नुहुनेछ भन्ने कुरामामा हामी निर्धक्क छौ । धन्यवाद!”


Loading comments...