
संकट निवारणका निम्ति सर्वदलीय सरकारसहित डा. बाबुराम भट्टराईका ४ प्रस्ताव
२९ बैशाख २०७८, बुधबार ०८:२३
काठमाडौं । मौजुदा संकट निवारणका निम्ति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको अवधारणा अघि सारेका छन् ।
माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले ४ वटा प्रस्ताव गरेका छन् ।
उनले संविधानको धारा ७६(२) अनुसार सबै दलको सहभागिता र वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् ।
उनले पूर्वप्रधानमन्त्रीहरू निर्देशक रहेको एउटा समिति बनाउन सकिने विचार प्रस्तुत गरेका छन् । र, एक वर्षभित्रै ‘अर्ली इलेक्सन’मा जान सकिने पनि बताएका छन् ।
“देशको संकट हल गर्न यसो गरौं : १) धारा ७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान, पूर्व प्रमबाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २) दलका प्रमुख, पूर्वप्रम रहेको निर्देशक समिति, ३) साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टीआरसी मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.) लागु ४) एक वर्षभित्र चुनाव,” ट्विटमार्फत् उनको प्रस्ताव छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ