
“तपाइँको सुरक्षा तपाईंको आफ्नै सोचमा, तपाईंको आफ्नै हातमा”-दिलिप न्यौपानेकाे काेराेना अनुभव
२९ बैशाख २०७८, बुधबार १४:२३
बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर निस्केको छु । महाशक्ति रास्ट्रहरुले यो महामारीलाई आफ्नो काबुमा ल्याउने प्रयास गरिसकेका छ्न । तर हाम्रो देशमा राज्यले यसलाइ नियन्त्रणका न्युनतम आधारभुत पक्षमा समेत प्रयास गरेको देखिदैन । केन्द्र सरकार कुर्सी जोगाउ अभियान र स्थानीय सरकार आफ्नै प्रचार बाजिमा लाग्ने भन्दा अरु कुनै काम देखिदैन ।
संक्रमण को पहिलो लहरबाट समेत शिक्षा लिन नसकेको सरकार दोश्रो लहरको चरम अवस्थामा बिश्वासको मतको बहानामा राज्यलाइ अस्थिर बनाउने प्रयासमा लागि परेको छ ।
अझै छिमेकी रास्ट्र भारतमा कोभिडको तेश्रो लहर आउने भारतिय सरकारी बैज्ञानिकले चेतावनी दिइसकेको अवस्थाले खुल्ला सिमा र ठूलो ब्यापार ब्याबसाय, सामाजिक सान्स्कृतिक परिभेस समेत मिल्ने हुदा त्यसको प्रभाव तुरुन्तै नेपालमा समेत पर्ने भएकोले राज्यले अझै बिशेश सुरक्षा साबधानी र आबस्यकिय स्वास्थ पुर्वाधार तयार गर्ने छ भन्ने भन्ने बिश्वास लिएको छु ।
हाल अस्पतालबाट न्युनतम आधारभूत प्राण वायु अक्सिजन समेतको अभावमा बिरामी उपचार हुन नसक्ने अवस्था भैसकेकोले आम जनमानसमा स्वास्थ मापदण्डका आधारभुत पक्षमा ध्यान दिनु हुन, सामाजिक दुरि कायम राख्न, विभिन्न सामाजिक संस्कार हरुलाइ सम्भव भए सम्म पछि सार्नु हुन, बेला बेलामा साबुन पानीले हात धुने वा केही चिज छोइसकेपछी सेनिटाइजर प्रयोग गर्नु हुन, सफा र सुरक्षीत भोजन गर्नु हुन , बिनाकारण घरबाट ननिस्कनु हुन अनुरोध गर्दछु ।
आत्मबल उचो राखी अनावश्यक सोच नराख्नु हुन साथै सामाजिक संजालमा कोभिड बाट मृत्यु भएका र अति संबेदनसिल फोटो समेत पोस्ट नगर्नु हुन आम जनसमुदाय माझ आव्हान गर्द्छु ।
“तपाइँको सुरक्षा तपाईंको आफ्नै सोचमा, तपाईंको आफ्नै हातमा ”
दिलिप न्यौपाने
गोनपा १०, चापागाउ, ललितपुर
(दिलिप न्यौपानेकाे सामाजिक संजालबाट)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,