Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

अबदेखि बैंकहरुबाट यी ५ सेवा सेवामात्र पाइने, ५० हजारभन्दा कमको डिपोजिट नलिने

३० बैशाख २०७८, बिहीबार २२:३३


काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती भएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित सेवामात्र दिने भएका हुन् ।

नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुबाट ५ प्रकारका अत्यावश्यक सेवामात्र प्रवाह गर्न सर्कुलर गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य बैंकहरुबाट ५० हजार रुपैयाँभन्दा बढीमात्र जम्मा गर्न पाउने लगायत सेवामात्र दिने जानकारी सर्वसाधारणलाई गराएको छ ।

बैंकमा रकम जम्मा गर्ने निहुँमा सर्वसाधारण बाटोमा निस्कने गरेको पाइएपछि वाणिज्य बैंकहरुले कडाइ गरेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा संक्रमितको संख्या बढ्दै गएको छ । तर, असहज परिस्थितिमा समेत बैंकहरुले प्रदान गर्दै आएको सेवामा कटौती गरी सर्वसाधारणको आवश्यकता पुरा गर्ने गरी मात्र सेवा दिने बताइएको छ ।

संघले अत्यावश्क अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न अनुरोध गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने बताइएको छ ।

निषेधाज्ञा अवधिमा बैंकहरुका सबै एटीएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध छन् ।

अबदेखि वाणिज्य बैंकबाट ५ प्रकारका सेवामात्र पाइनेछ । ती ५ सेवा हुन्ः
१. खाताबाट नगद झिक्ने
२. खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै)
३. रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि)
४. विप्रेषण भुक्तानी
५. अन्तर्राष्ट्रिय व्यापार

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको