
नेपाललाई सहयोग गरिदिन अन्तरराष्ट्रिय समुदायसँग कांग्रेसको आग्रह
३१ बैशाख २०७८, शुक्रबार २२:५६
काठमाडाैं । नेपाली कांग्रेसले विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ, संस्थाहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा सहयाेग गर्दिन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ‚ ‘देशभरिका अस्पतालहरुमा संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भइसकेको छ । सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ। यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु ।’
उनले कोरोना रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न सरकारसँग माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ