Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को को भए मन्त्री ?

३१ बैशाख २०७८, शुक्रबार २३:०४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

को को भए मन्त्री ?

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

२‍. रामबहादुर थापा बादल, गृह

३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ

४. विष्णु पौडेल, अर्थ

५. प्रदीप ज्ञवाली, परराष्ट्र

६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति

८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि

९. प्रभु साह, सहरी विकास

१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

११. मणिचन्द्र थापा, खानेपानी

१२. पद्‍मा अर्याल, कृषि

१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि

१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला

१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

१९. प्रेमबहादुर आले, वन

२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या

२३. रामवीर मानन्धर, सहरी विकास

२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो