
जन्डिसका बिरामीले जस्तै जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा पर्यो: प्रधानमन्त्री ओली
१ जेष्ठ २०७८, शनिबार ००:२३
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्डिसका बिरामीले जता पनि पहेँलो देखेजस्तै सबैतिर भ्रष्टाचार देख्ने र काम गर्नेलाई हतोत्साही गर्ने काम भएको बताएका हुन् ।
‘कोभिड–१९ का विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा विभिन्न प्रकारले अस्वस्थ्य, अनुचित र तनावग्रत वातावरण बनाउने र जनतामा अन्योल सिर्जना गर्ने, निरासा पैदा गर्ने, सरकारका प्रयासहरुलाई ओझेलमा पार्न खोज्ने, प्रयासहरुलाई असफल पार्न खोज्ने , उचित प्रयासहरुलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने र जन्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने, जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था र व्यक्तिलाई पनि काम गर्न हतोत्साहित गर्ने प्रवृत्तिहरु देखा परेका छन्,’ उनले भने ।
उनले विरोधीहरुले सरकारका उचित प्रयासहरुलाई भ्रमपूर्ण ढंगले प्रचार गरी जनतामा अन्योल सिर्जना गर्ने काम गरेको बताए । उनले कोभिड १९ संक्रमणको भयावह अवस्थामा त्यसविरुद्धको लडाइँमा एकजुट हुनुपर्नेमा सरकारका प्रयासलाई ओझेल पार्ने र जनतामा निरासा पैदा गर्ने काम भएको दाबी गरे ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकार बनाउन नसकेपछि देशमा प्रतिमन भएको देख्ने गरेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ