Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

भेन्टिलेटर, एचडियु र आइसियुका शय्या अभाव छैनः बिएण्डसी हस्पिटल

२ जेष्ठ २०७८, आईतवार १२:१२


काठमाडौं । कोरोनालाई जितेर हस्पिटलबाट घर फर्किनेको दर झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उच्च छ ।
दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा हस्पिटलमा रहेकाले जटिल संक्रमितका मृत्युदर अत्यन्त न्यून रहेको दाबी हस्पिटलको छ ।

अहिले हस्पिटलमा प्रदेश १ र प्रदेश २ सहित ‘हवाई बेड लिफ्ट’ गरी ल्याइएका काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन, कास्की, बाँके, मुगु, डोटी र कैलाली लगायतका जिल्लाका संक्रमित उपचाररत रहेको हस्पिटलले जनाएको छ ।

महङ्गो ‘हवाई लिफ्ट’ गरी हस्पिटलमा २२ जटिल संक्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियु) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि संक्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ । भर्ना भएका संक्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटरमुक्त र डिस्चार्ज हुने क्रम जारी भएको हस्पिटलले जनाएको छ । शनिबार मात्र ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा रायमाझी ‘हवाई लिफ्ट’ गरी हस्पिटलमा भर्ना भएको हस्पिटलले जनाएको छ ।

बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च र जटिल संक्रमितका मृत्युदर अत्यन्त कम रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हस्पिटलमा कोरोनाका संक्रमितका लागि अति आवश्यक पर्ने भेन्टिलेटर,एचडियु, आइसियु तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीका जीवन बचाउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौं ।’

हस्पिटलले संक्रमितलाई उपचार गर्न हाल २०० शय्या सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी संक्रमित धमाधम बिएण्डसी आउने क्रम जारी रहेपछि हस्पिटलले विशेष कोभिड शय्या थपेको थियो । आवश्यकता परेमा अझै शय्या थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तिम तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसियुमध्ये गम्भीर संक्रमितका लागि छुट्याइएको र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।

अहिले पूर्वाञ्चल क्यान्सर हस्पिटल र बिएण्डसी हस्पिटलमा गरी कुल ९०० शय्या छन् । ‘महामारीसँग जुध्न ‘र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय छ । हस्पिटल आउने संक्रमित वृद्धि भएमा आवश्यक परे सबै शय्या उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै हस्पिटलको ध्येय रहेको छ,’ कार्यकारी निर्देशक प्रसाईंले भन्नुभयो ।

विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खान लगायतले सेवा प्रदान गरिरहेको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,