Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

महावीर पुनलाई भेट्न पुगे उद्योगमन्त्री भट्ट

२ जेष्ठ २०७८, आईतवार १२:१५


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेविषयमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा पुगेको बताइएको छ ।

शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल आयल निगमका अधिकारीहरुलाई समेत साथमा लिएर पुगेका मन्त्री भट्टलाई पुनले पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएको जानकारी दिए ।

‘आज राष्ट्रिय आविष्कार केन्द्रमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री ज्यू, सह सचिब ज्यू र नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत ज्यू आउनु भयो।, पुनले सामाजिक सञ्जालमा लेखेका छन् – भेटघाटमा अनौपचारिक छलफल भयो। यसको अन्तिम र ठोस परिणाम के निस्कन्छ थाहा छैन तर सके सम्म कोरोना महामारी बाट त्रसित नेपालीहरु को पिडा लाई कसरी कम गर्ने भन्ने कुराको दुई तिन वटा बुँदामा कुरा अगाढी बढ्दै छ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा