
बनेपामा भोमी अस्पताल शुरु, कोभिड अस्पतालका रुपमा सेवा दिने
३ जेष्ठ २०७८, सोमबार ००:०५
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ ।
नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गर्नुभयो । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ शय्याको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित बिरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।
नगरपालिकाले चार शय्याको आईसीयू र छ शय्याको अक्सिजन सुविधासहित गरी दश शय्या नगरपालिकालाई कोभिड बिरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ ।
अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताउनुभयो ।
अस्पताल बहुआयामीक सेवाहरु प्रदान गर्ने हेतुले निर्माण गरिएको यद्धपी अहिले कोभिडको महामारीमा समुदाय र राष्ट्रको स्वास्थका मुद्धाहरु सम्वोधन गर्न अस्पताल दत्तचित्त भएर लाग्ने बताइएको छ । अब बनेपा आसपासका मान्छेहरु र सिन्धुली बनेपा सडकखण्डमा भएका दुर्घटनाका घटनाहरुले सुविधासम्पन्न अस्पताल र जीवनरक्षार्थ चाहिने सेवाहरुका लागि काठमाण्डौ धाउने दिनको अन्त्य भएको प्रबन्ध निर्देशक सगुन कायस्थले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,