
बजेट अध्यादेशबाट आउँछ ? प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ
३ जेष्ठ २०७८, सोमबार ००:३९
काठमाडौं। आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश गर्नुपर्ने भए पनि सरकारले हालसम्म संसद बजेटको अधिवेशनसमेत बोलाएको छैन। जसले गर्दा बजेट कुन प्रक्रियाबाट आउँछ भन्ने चासो बढेको छ।
यसरी चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाबट बजेट आउने वा नआउने कुने निर्णय नभएको बताएका छन्। आइतबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि बाहिरिनेक्रममा सिंहदरबारमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिनेक्रममा उनले ‘अहिले संसद जवीवितै रहेको’ बताए।
उनले अध्यादेशबाट बजेट ल्याउने विषयमा छलफल पनि नभएको बताए। सञ्चारकर्मीहरुसँगको छोटो प्रतिक्रियामा उनले कुनै ठोस जवाफ भने दिएनन्।
राजनीतिक खिचातानी नभएको भए यति बेला संसदको अधिवेशन जारी हुनुपथ्र्यो। र संसदमा प्रि बजेट छलफल भएको हुनुपर्ने थियो। बजेट संसदमा पेश गर्नुअघि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम पनि पेश गर्नुपर्ने हुन्छ। र सो नीति तथा कार्यक्रम पारित भएपछि बजेट सार्वजनिक गरिन्छ।
तर, यो पटक कसरी प्रक्रिया अगाडि बढ्छ भन्ने अन्यौल छ। खास गरी अहिले देशमा एमालेको अल्मतको सरकार छ। अल्मतको सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएन भने के हुन्छ ? त्यो पनि अन्यौल छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो