Lifestyle Portal
  •   ८ कार्तिक २०७८, सोमबार

सात दिनभित्र कोरोना महामारी नियन्त्रणको कार्ययोजना ल्याउनू-सर्वोच्च

४ जेष्ठ २०७८, मंगलवार ०२:३१

सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी नियन्त्रण र संक्रमितको उपचारका निम्ति विस्तृत कार्ययोजना बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता मनीषकुमार श्रेष्ठलगायतले दर्ता गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मंगलबार सात दिनभित्र विस्तृत कार्ययोजना बनाउन आदेश जारी गरेको हो ।

‘आदेश प्राप्त भएको मितिले सात दिनभित्र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी कोरोना महामारी नियन्त्रण र उपचार सम्बन्धी विस्तृत कार्ययोजना बनाउने’ आदेशमा भनिएको छ ।

अदालतले कोरोना संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न पनि भनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता श्रेष्ठले आइतबार दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले