
चौधरी फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापना गर्ने
४ जेष्ठ २०७८, मंगलवार ०२:४५
काठमाडौं । देशभर अक्सिजन अभाव हुदै गएपछि चौधरी फाउन्डेसनले सुर्खेत, धनगढी र बीर अस्पातालमा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। फाउन्डेसनले अक्सिजन स्थापनाको लागी आवश्यक सहमतिको काम भइसकेको भन्दै केही दिनभित्रै आयात गर्ने जनाइएको छ ।
स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटरप्रति घण्टा रहने बताइएको छ । एक दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिने बताइएको छ। अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने जनाएको छ।
सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले प्रदेशको अक्सिजन माग पूरा गर्ने अपेक्षा गरिएको छ। फाउन्डेसनले सुर्खेत सहित बीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ।
चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,