
अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय
४ जेष्ठ २०७८, मंगलवार ०२:५५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही साता चुनौतिपूर्ण रहेकाले सबैजनालाई संयमित हुन आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमण बढी भएका २० भन्दा बढी जिल्लामा संक्रमितहरू खुलेआम रुपमा हिँडिरहेकाले अझै केही साता चुनौतिपूर्ण रहेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमणदर बढी भएपनि संक्रमितहरू सार्वजनिक स्थानमा खुलेआम हिँडिरहेका छन् ।
यसरी खुलेआम रुपमा संक्रमितहरू हिँड्दा संक्रमण नियन्त्रण गर्न चुनौती थपिएको मन्त्रालयले जनाएको छ।
यस्तै, अध्ययनहरुले अझै पनि जनस्वस्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशतमात्रै कमी भइरहेको पाइएको जनाएको छ ।
मन्त्रालय र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीले मात्र चाहेर महामारी नियन्त्रण नहुने भन्दै अन्य मन्त्रालय, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरुको पनि महत्वपूर्ण भूमिका रहने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो