Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

“अलजजीरा अब चुप बस्दैन”, गाजा क्षेत्रमा अलजजीराको कार्यलय ध्वस्त पारिएपछि यस्तो आयो वक्तव्य

५ जेष्ठ २०७८, बुधबार ००:०९


कतार केन्द्रिय कार्यलय भएको र कतारी राजपरिवारको लगानी भएको बताइएको विश्वस्तरिय समाचार एजेन्सी अलजजीरा अहिले बिबिसी, सिएनन संगसंगै आउने नाम हो । मध्यपूर्वमा भएका दमन, हिंसा अनि देशहरु बिचका र बिभिन्न समुह र समुदायका विवादहरुलाई नयाँ र फरक ढंगले प्रस्तुत गर्ने समाचार एजेन्सी अलजजीरालाई ब्यालेन्सीगं न्यूज च्यानलका रुपमा विश्वभरि लिइन्छ । कहिलेकाँही ईस्लाम केन्द्रित समाचार बढि उन्मुख भएको आलोचना खेपेको अलजजीरालाई एसीयालीको स्पष्ट आवाज र विश्व प्रतिबिम्बमा एसियाली धारणाको मुखपत्रका रुपमा पनि लिइन्छ ।

अलजजीरा अमेरिकामा रहेको एसोसिएटेड प्रेससंग संलग्न समाचार एजेन्सी पनि हो । एसीयालीहरुको लगानी रहेको अमेरिकी न्यूज च्यानलहरुमा अलजजीरा मुख्य सूचीमा आउँछ ।

शनिबारका दिन इज्रेली हमलामा गाँजा क्षेत्रमा रहेको अलजजीराको कार्यलय क्षतिग्रस्त भएको छ । पश्चिमा मिडियाहरुले प्यालेस्टाइन र ईज्रेलको यस गतिका बारेमा खासै स्थान दिँदैनन र दिइहालेमा पनि ईज्रेली पक्षको साथ र समर्थनमा प्यालेस्टाइनी पक्षको थोरै क्षतीका कुराहरु दिने आरोप पश्चिमा मिडियाहरुलाई छ । यस अवस्थामा चाहे रोहिंगियाहरुको खबर होस् या भुटानी शरणार्थी पूर्नवासको तेश्रो मुलुकमा भएका इतिवृतान्त, ईवोला भाइरस र कोभिडका नै खोपका हरेक कुराहरु अलजजीराले नै स्पष्ट रुपमा प्रस्तुत गरेको पाइन्छ ।

वाहिद अल ओमारी अलजजीराका प्यालेस्टाइनी विभागका प्रमुख हुन । प्यालेस्टाइनमा भएको १३ तल्ले जाला टावर इज्रेली आक्रमणले क्षतिग्रस्त भएपछि वाहिद अल ओमारीले गाँजा क्षेत्रमा अहिले भएका इज्रेली आक्रमणका सिरिजहरु सरासर अपराध भएका बताएका छन् ।

एसोसिएटेड प्रेसका मुख्य ग्यारी प्रउटले पनि गाँजा क्षेत्रमा भएको हमलाले आफू मर्माहित भएको बताएका छन् । जाला टावरका मालिक जवाल मेहेन्दीले भनें ईज्रेली इन्टेलीजेन्स अफिसरले चाँही आफूलाई केवल एकघण्टाभित्र १३ तल्ले टावर खाली गर्न आदेश दिएको बताएका छन् ।

अलजजीराले यस घटनाको विरुद्ध आफू चुप नरहने बताउँदै जारी गरेको वक्तव्यको पुरा पाठ पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ