
कोरोना लाग्नु अघि डीएसपी केसीले लेखेका थिए- कृपया सामाजिक सञ्जालमा श्रद्धाञ्जलि नराख्नुहोस्
६ जेष्ठ २०७८, बिहीबार ११:२१
काठमाडौं – आफूलाई कोरोन भाइरस संक्रमण हुनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) राजकुमार केसीले आफ्नो फेसबुक स्टाटसमा सामाजिक सञ्जालमा कोरोना संक्रमणमा मृत्यु भएका समाचार र श्रद्धाञ्जलि नराख्नु भनि लेखेका थिए ।
उनले लेखेका थिए, ‘कृपया केही समयका लागि कसैले पनि सामाजिक सञ्जालमा मृत्युको समाचार/श्रद्धाञ्जलि नराख्नुहोस्, राखेको भएपनि हटाउनुहोस् यसले विरामी/विरामीको परिवारमा नकरात्मक भाव पैदा गरि आत्मबल घटाउने काम गर्दछ ।’
लगत्तै उनलाई कारोना भाइरस संक्रमण भयो । त्यसको २ साता पछि बुधबार राति उनको निधन भयो । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको बुधबार राति महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न