Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

बादललाई आफ्नै पार्टीका प्रतिनिधिले मत नदिएको एमालेको निष्कर्ष

६ जेष्ठ २०७८, बिहीबार १७:४८


काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापालाई नेकपा (एमाले) कै कतिपय प्रतिनिधिले मत नदिएको एमाले स्थायी कमिटीले निष्कर्ष निकालेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका विषयमा छलफल भएको थियो। उपनिर्वाचनमा एमालेकै प्रतिनिधिले थापालाई मत नदिएको निष्कर्ष निकाल्दै त्यसलाई गम्भीर रूपमा लिने निर्णय गरेको हो।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्य जारी गरी स्थायी कमिटीले गरेका निर्णयबारे जानकारी दिएका छन्। वक्तव्यमा भनिएको छ, “बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ।”

बिहीबार बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन भएको छ। उपनिर्वाचनमा एमालेको तर्फबाट थापा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट डा।खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो