Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

शुक्रबार साँझ पाँच बजेसम्ममा नयाँ सरकार बनाउन दावी प्रस्तुत गर्न राष्ट्रपति भण्डारीद्वारा आह्वान

६ जेष्ठ २०७८, बिहीबार २०:५६

लोकप्रिय

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते शुक्रबार साँझ पाँच बजेसम्म प्रधानमन्त्री नियुक्तिका लागि नयाँ सरकार गठनको दावी प्रस्तुत गर्न वाह्वान गर्नुभएको छ । भर्खरै राष्ट्रपतिभवनद्वारा जारी विज्ञप्तीमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्नु भनि आह्वान भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दह्रो राजनीतिक आधार नदेखिएको तथा यसै सम्बन्धमा आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने तथा बैकल्पिक सरकार बनाउनका लागि मार्ग खुल्ला गर्ने भनि लिएको निर्णयसँगै सरकारकै सिफारिसमा राष्ट्रपतिबाट बैकल्पिक सरकार गठनका निमित्त आह्वान भएको हो ।

विज्ञप्तीमा लेखिएको छः
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा माननीय श्री केपी शर्मा ओलीज्यूलाई मिति २०७८/१/३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएकोमा उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेमा हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति कार्यलयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीको वास्तवीक प्रतिः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा