Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

महामारीमा मध्यावधि चुनाव गर्ने कि जनताको स्वास्थ्यमा ध्यान दिने ? : रामकुमारी झाँक्री

७ जेष्ठ २०७८, शुक्रबार १२:०४


काठमाडौँ– नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्न गरेको आह्वानको विरोध गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानको विरोध गरेकी हुन् ।

‘संबिधानको धारा ७६(३) को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ । यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ । र बल्ल अर्को सरकार बन्ने आधार बन्छ । एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदीय मर्यादा कायम गर्न नसक्नु हो, संबिधानको उल्लंघन हो । संबिधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई । हाम्रो देशको राष्ट्रप्रमुख संबिधानको संरक्षक र कानुनको परिपालक हो ।’ झाक्रीले फेसबुकमा लेखेकी छन्, ‘ संसदबाट अर्को सरकार बन्ने अवसर समेत नदिई मिलेमतोमा संसद विघटन र मध्यावधि चुनाव गर्न चाहने प्रधानमन्त्रीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, ICU, Ventilator, नपाएका जनताको पिडा कहाँ जोडिन्छ ? महामारीमा मध्यावधि चुनाव गर्ने हो कि ? जनताको स्वास्थ्यमा ध्यान दिने हो ? जवाफदेही हुनुपर्दैन ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको