कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओको चेतावनी


काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाइएको जानकारी दिनुभएको छ । कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचआले चेतावनी दिएको हो ।

रेम्डिसिभिरलाई कोभिड उपचारको औषधि मानिए पनि डब्लू एच ओ ले औषधी सूचीबाट हटाएको हो । आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि औषधि अहिले कोरोना उपचारको औषधिबाट हटाएको छ ।

रेम्डिसिभिर कोरोनाका बिरामीलाई सास फेर्न अप्ठ्यारो भएको परिस्थितिमा प्रयोग गरिएको थियो । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले त्यसलाई पहिले योग्य माने पनि हाल त्यस सूचीबाट हटाइएको जानकारी दिनुभयो ।


Loading comments...