
३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ
७ जेष्ठ २०७८, शुक्रबार १७:४७
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पाँच बजेसम्म सरकार बनाउनका लागि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दावी गर्न दिएको समय सकिनै लाग्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनले आ आफ्नो बहुमत रहेको दावी गर्दै सरकार बनाउने दावी पेश गरेका छन्।
प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ जनाको बहुमत रहेको भन्दै दावी गरेका छन्। उनले १५३ जनाको समर्थन रहेको दावी गर्दै आफूलाई प्रधानमन्त्रीका अगाडि सारेका छन्।
उता विपक्षीहरुले पनि आफूहरुसँग बहुमत रहेको भन्दै सरकार बनाउने दावी गरेका छन्। विपक्षीहरुले काँग्रेसको ६१, माओवादीको ४९, एमाले माधव समूहको २७ र जसपा उपेन्द्र समूहको १२ जना सांसदसहित १४९ जनाको समर्थन रहेको दावी गरेका छन्।
तर, यो प्रक्रियामा दुबैतर्फ ३९ जना सांसदहरुको समर्थन देखिएपछि अब राष्ट्रपतिले के गर्छिन् भन्ने चासो बढेको छ। जसपाका १२ र एमालेका २७ जनाको स्ताक्षर दुबैतर्फ देखिएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो