Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार
yogesh bhattrai

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेका योगेश भन्छन् – आज जीवनकै सबैभन्दा कठिन दिन

८ जेष्ठ २०७८, शनिबार ००:०२


गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नगरेका नेकपा (एमाले)का नेता योगेश भट्टराईले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा कठिन दिन भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका दाबी पेस गर्न आह्वान गरेपछि विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेस गर्न हस्ताक्षर संकलन गर्दा एमालेका माधवकुमार नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरे । तर, नेपाल पक्षकै भए पनि भट्टराईले हस्ताक्षर गरेनन् ।

उनले उक्त निर्णय एमालेको एकतालाई जोगाउने आसले लिएको बताएका छन् । ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज । नेकपा (एमाले)को एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेँकी, गलत गरेँ इतिहासको कठोर मूल्यांकनमा खडा छु,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ