म सोच्छु


subash Bhandari
सुबास भण्डारी

म सोच्छु
शितल बगेको हावा
अनि त्यो रुखको शितल छायामा
तिमी हन्थ्यौ त कति रमाइलो हुन्थ्यो

हावाले तिम्रो रेशमी केशहरु
लाई उडाउदै जाँदा
म मेरा औलाहरुले ति कपालहरु मिलाउथे
कित सुन्दर हुन्थ्यो होला त्यो पल
जब जोड जोडसँग हाम्रो घडकन हल्ला गर्थे

म सोच्छु
म तिमीसँग भिज्थे क्या रमझम हुन्थ्यो
तिमी र म बिचको दुरी पनि कम हुन्थ्यो

पानीका थोपाको छमछम आवाजमा
थोपाको स्पर्शमा निकै रमाउथ्यौ
जब आकाशमा ठुलो चट्ङ्गको आवाज आउथ्यो
तिमी मलाई कसरे अगालोमा कस्ने थियौ

म सोच्छु
जब रातमा तिम्रो मिसकल आउथ्यो
म चुपचाप छतमा जान्थे
अनि घण्टौ नसकिने हाम्रो कुराहरु

म सोच्छु
त्यो फिल्म हलको छेउको दुई सिट
मेरो हातमा मिलाइएको तिम्रो हात
पर्दाको हिरोले हिरोइनलाई पाउँदाको
अनुभव मैले पनि गर्ने थिए
म सोच्छु

मात्र म सोच्छु


Loading comments...