Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

कोरोनाबाट बेखबर झै पूर्ववत अवस्थामैं पर्साको जिराभवानी

८ जेष्ठ २०७८, शनिबार २२:५०

पर्सा, उमेश गौतम । विश्व महामारिको रुपमा फैलियको कोरोना भाईरसको दोश्रो लहरका कारण नेपालमा विभिन्न जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा लागि रहँदा कति पय स्थानहरुमा निषेधाज्ञाको पुर्ण रुपमा पालना गरेको पाईन्छ। कति पय स्थानमा निषेधाज्ञा हुँदा-हुँदै पनि जनता आफैंले यस्को पालना नगरेको र यस्को फलस्वरुप ज्यान जोखिममा राखी मृत्युको सामना गर्नुपरिरहेको छ।

त्यस्कै एक उदाहरण हो पर्सा जिलाको जिराभवानी गाउँपालिका” जहाँ जिल्ला प्रशासन कार्यालयले २०७८-०२-०६ गते मात्र सुचना प्रकाशित गरि निषेधाज्ञालाई थप कडा बनाएको जानकारी गराएको थियो। तर भारत संगै सिमाना जोडियको यस गाउँपालिकामा पुग्दा भने छुट्टै संसारमा पुगेको अनुभूत हुन्छ, देश कोरोना संकटबाट गुज्रीरहँदा र कयौंले ज्यान गुमाईसक्दा यहाँ भने अवस्था सामान्य र पहिलेकै जस्तो छ ।

सरकारले औषधि पसल र मेडिकल ल्याब, चौबीसै घन्टा खुल्ने अनुमती दिएको भएतापनी यहाँ सम्पुर्ण पसल खाद्यान्न, लत्ताकपडा तथा तरकारी र अन्य पसलहरु साबिककै बेला जस्तो खुल्ला देखिन्छ। मान्छेहरु माक्स नलगाई आवत जावत गरिरहेका छन, चौंतारामा बसेर बिना मक्स तास खेल्ने युवाहरुको जमात छुट्टै छ । सबिकै जसो जेष्ठ्य नागरिकहरु पनि जम्मा भै भलाकुसारिमा ब्यस्त देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो