Lifestyle Portal
  •   ११ चैत्र २०७९, शनिबार

म्यानमारको सेनाले भन्यो- प्रजातन्त्रवादी नेतृ सुचीको स्वास्थ्य राम्रो छ

९ जेष्ठ २०७८, आईतवार ०४:१२

लोकप्रिय

यांगुन । सैन्य हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको स्वास्थ्य अवस्था राम्रो रहेको त्यहाँको सेनाले जनाएको छ ।

म्यानमारको सैन्य प्रमुख मिन आंग लाइङ्‌गले नेतृ सुचीको स्वास्थ्य अवस्था राम्रो रहेको र छिटै अदालतमा पेस गरिने बताएका छन् । हङकङस्थित एक चिनियाँ भाषी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेक्रममा सेना प्रमुख मिनले यस्तो जनाएका हुन् ।

यसैबीच म्यानमारको निर्वाचन आयोगले सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज गर्ने तयारी गरेको छ । गत वर्ष भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उक्त पार्टी खारेज गर्नेबारे आयोगले तयारी गरिरहेको हो ।

सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुचीको पार्टी खारेज गर्नेबारे आफूहरुले विचार गरिरहेको जानकारी दिएको स्थानीय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली