
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश : युनिफाइड अस्पतालदेखि स्वास्थ्य आपत्कालसम्म (पूर्णपाठ)
९ जेष्ठ २०७८, आईतवार ०४:१८
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य आपत्काल लगाउनेदेखि कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि यूनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मको व्यवस्था सहित कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश जारी भएको छ ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गर्नुभएको हो । अध्यादेशमा संक्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न वीर अस्पताललाई यूनिफाइड केन्द्रीय अस्पतालको रुपमा बनाइने उल्लेख गरिएको छ । उक्त अस्पतालको सञ्चालन स्वास्थ्य मन्त्रालयले गर्ने छ, यसका लागि निजामती सेवाको राजपत्राङिकत प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा एघारौं तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाउनसक्ने व्यवस्था गरिएको छ ।
अध्यादेशमा स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने उल्लेख गरिएको छ । संक्रमणको कारण जनस्वास्थ्यमा गम्भिर प्रभाव वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण निदान र उपचारका लागि सरकारले नेपाल वा कुनै स्थानमा लागू हुने गरि स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने पनि अध्यादेशमा भनिएको छ ।
आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने, जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड १९ को निदा र उपचारको कामा लगाउने ।
प्रदेश सरकार, स्थानीय तह वा प्रचलित कानूनबमोजिम स्थापित शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन, संरचना वा अन्य भौतिक साधन कोरोना रोकथाम, नियन्त्रण निदान र उपचारमा लगाउनेलगायतका विषय समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा