
सङ्क्रमित भेट्न जनप्रतिनिधि घरदैलो अभियानमा
९ जेष्ठ २०७८, आईतवार ०४:२३
देउखुरी । घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न घरघरमा पुग्न शुरुआत गरेका छन् । घोराही उपमहानगरपालिका – १४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय वसन्त पुन र गिरबहादुर महरा सहित ह सङ्क्रमितका घरमा पुगी सेवा दिइरहेका छन् ।
घरदैलो अभियानमा सामान्य औषधि र स्वास्थ्य सामग्री प्रदान गरिएको डा पुनले जानकारी दिए। हालसम्म सो वडामा आठ सङ्क्रमितको मृत्यु भएको छ भने दुई सय ५५ सङ्क्रमित छन् ।
यसैगरी वडा नं १८ का अध्यक्ष भरतमणि अर्याल स्वाथ्यकर्मीको साथमा औषधि लिएर सङक्रमितका घरमा पुग्ने गरेका छन् । सङ्क्रमितलाई आइसोलेशनमा रहँदा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहार लगायतका विषयमा सचेत गराइएको छ ।
उपमहानगरपलिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले उपमहानगर भित्रका १९ वटै वडामा स्वास्थ्यकर्मीलाई खटाइएको बताए । उनले सङ्क्रमितलाई स्वाथ्यकर्मीको नाम, मोवाइल नम्बर उपलब्ध गराउन र मनोबल उच्च बनाउन , जटिलता आएमा जानकारी दिन आग्रह गरे । संस्थागत क्लिनिकका प्रमुख राधा पौडेलको संयोजकत्वमा स्वास्थ्य परामर्श सेवा शुरुआत समेत गरिएको छ ।
७९ वर्षीया महिलाले जितिन् कोरोना
रामपुर अस्पतालमा उपचाररत् ७९ वर्षीया ज्येष्ठ नागरिकले कोरोना जितेर घर फर्किएका छन् । दश अघि अस्पतालमा उपचारका लागि रामपुर अस्पताल भर्ना भएका रामपुर ३ रजघराका केशमाया कंडेलले शनिबार कोरोना जितेर खुशी हुदै घर फर्किएकी हुन् । आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उनले धन्यवाद दिएकी छन् । “कोरोना पोजेटिभ देखिएपछि शुरुमा धेरै डर लागेको थियो, केही दिन घरमै आइसोलेशनमा बसे, स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भए, मेरो उपचारमा डाक्टरहरुले धेरै खटेर सन्चो बनाउनुभयो, अहिले म आफुलाई बिरामी हुँ जस्तो पनि लाग्दैन” उनले खुशी हुँदै भनिन् ।
पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहेकी उनी स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको र अहिले निको हुदै गएपछि आज घर पठाइएको कोभिड फोकल पर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिए । हाल रामपुर अस्पतालको कोरोना अस्पतालमा पाँच बिरामी उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हालै सो अस्पतालमा भर्ना भएका एक सङ्क्रमितको निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,