
‘नागरिकता अध्यादेशले नेपाललाई फिजीको नियतीमा पुर्याउँछ’
१० जेष्ठ २०७८, सोमबार १४:१८
काठमाडौं । संविधानविद् डा.भीमार्जुन आचार्यले नागरिकता अध्यादेश जारी गर्नु भनेको नेपाललाई फिजीको नियतीमा पुर्याउने प्रयास हो भनेका छन् ।
सोमबार सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपाललाई फिजीको नियतीमा पुर्याउन नागरिकता अध्यादेश जारी गरेको टिप्पणी गरेका छन् ।
उनले वर्तमान प्रधानमन्त्री राष्ट्रघातको कित्तामा उभिएकै दिनदेखि आफूहरुले विरोध गरेको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि हामीले बिरोध गर्यौं । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए।
भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो