
संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनले गर्यो सर्वोच्चमा रिट दायर
१० जेष्ठ २०७८, सोमबार १४:२१
काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदहरुको तर्फबाट सर्वोच्चमा रिट दायर गरिएको हो । हिजो नै रिट दर्ता गर्ने भनिए पनि तयारी नपुगेपछि आजका लागि सारिएको थियो ।
रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।
देउवाको समर्थनमा १४९ र प्रधानमन्त्ती केपी शर्मा ओलीको समर्थनमा १५३ सांसदको हस्ताक्षर रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध कानूनी र राजनीतिक लडाईँ लड्ने विपक्षी दलले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा