
ब्ल्याक र ह्वाइट फंगसको आतंकबीच एल्लोको चर्चा, अघिल्ला दुईभन्दा घातक
११ जेष्ठ २०७८, मंगलवार ०३:४८
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरकाबीच ब्ल्याक र ह्वाइट फंगस अहिले भारतमा भय र आतंकको कारण मात्र बनेको छैन्, यसमाथि नियन्त्रण चिन्ता अनि चुनौतिको विषयसमेत बन्न पुगेको छ ।
ब्ल्याक र ह्वाइट फंगसले पिरोलिरहेका बेला अहिले एलो फंगसका रोगी नेपालसँग सिमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको गाजियाबादमा देखा परेको बताइएको छ । गाजियाबादका ईएनटि विशेषज्ञ डा.बीपी त्यागीले यो एलो फंगस ब्ल्याक र ह्वाइट फंगस को तुलनामा कैयौं गुना बढि खतरनाक भएको दाबि गरेका छन् ।
डा.त्यागीका अनुसार ह्वाइट फंगसले मानिसको लंग (फोक्सो) लाई दुश्प्रभावित गर्छ भने ब्ल्याक फंगसले ब्रेन (मस्तिष्क) मा हमला गर्छ । अहिले देखा परेको एलो फंगस यस अघि मानिसमा कहिल्यै नदेखिएको पनि बताइँदैछ । यद्यपि केहि जानवरमा उक्त फंगस पाईएको चिकित्सकहरु बताउँछन् ।
येलो फंगसको लक्षण
एलो फंगसको लक्षण नाक बग्नु र टाउको दुख्नु नै हो तर यो फंगसले कुनै पनि घाउ निको हुन दिँदैन् । त्यसैले यसलाई बढि खतरनाक मानिदैछ । डा. बीपी त्यागीले एक भारतीय संचार माध्यमलाई बताए अनुसार उनी कहाँ पुगेका एक बिरामीमा ब्ल्याक र ह्वाइट फंगसका साथ येलो फंगस पनि देखिएको छ । आफ्नो तीस वर्ष लामो करियरमा मानव शरिरमा पहिलो पटक एलो फंगस देखेको ती चिकित्सकको दाबी छ ।
के हो एलो फंगस ?
यो फंगसको नाम म्यूकरसेप्टिकल्स हो जुन अहिलेसम्म मानव शरिरमा पाईएको थिएन । भनिन्छ यो फंगसले आक्रमण गरे पछि लगातार नाक बग्छ र त्यहाँ घाउ बन्छ । यस्तो स्थितिमा उक्त घाउ सफा गरे पनि घाउ भरिदैन बरु त्यस बाट सिगान, र्याल अनि रगत निस्कन थाल्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको