
कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना
११ जेष्ठ २०७८, मंगलवार ०४:०७
काठमाडौं। राष्ट्रपतिले ४ दिनअघि मात्रै जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’को पालना नगरे १ वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंmे आज एक सूचना जारी गर्दै यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध गर्नेलाई सजाय हुन सक्ने जानकारी दिएको हो ।
सूचनामा अध्यादेशअनुसार जारी गरिएका मापदण्डको समेत पालना गर्नुपर्ने र निर्धारित मापदण्डको पालना नगर्नेलाई ६ महिनासम्म कैद र तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने समेत उल्लेख छ । अध्यादेशबमोजिम जारी गरिएका आदेशहरु समेत पालना गर्नुपर्नेछ । आदेश पालना नगर्ने व्यक्ति भएमा एकलाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । यदि संस्थाले आदेश पालना नगरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।
त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने समेत सूचनामा जनाइएको छ । अध्यादेशको उल्लंघन गर्ने संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ । गत शनिबार अध्यादेशलाई कडाइका साथ कार्यान्वयन गर्नको लागि गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,