
काठमाडौं उपत्यकामा एक हप्ता थपियो निषेधाज्ञा, अब खाद्यान्नका पसल पनि बन्द
११ जेष्ठ २०७८, मंगलवार २१:५८
काठमाडौं । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्दै २० जेठसम्म पुर्याइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको जानकारी दिए उनका अनुसार अब निषेधाज्ञामा किराना पसलसमेत खोल्न नपाइने भएको छ । कोरोना सङ्क्रमणको दर कम नभएपछि यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
‘जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय भयो, अब किराना पसल पनि खोल्न पाइने छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । तर तरकारी तथा दूधजन्य पदार्थका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल विहान ९ बजेसम्म खोल्न पाइने छ ।
कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि काठमाडौंसहित भक्तपुर र ललितपुर गरी उपत्यकाका तीनै जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा निरन्तर छ । यसअघि ३० बैशाखमा निषेधाज्ञा थप गर्दै दुई साता बढाइएको थियो भने त्यसअघि २२ वैशाखमा एक साता थप गरिएको थियो । पछिल्लो पटक थप भएको निषेधाज्ञा १३ जेठसम्म तोकिएको छ ।
पछिल्लो पटक सरकारले कोभिड-१९ अध्यादेश ल्याएपछि प्रशासनले निषेधाज्ञाको कार्यान्वयनमा कडाइसमेत गरेको छ । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजारसम्म जरिवाना लिन सकिने जिल्ला प्रसासन कार्यालय काठमाडौंद्धारा जारी सूचनामा उल्लेख छ ।
यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा उल्लेख छ भने हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ जरिवाना गराउन सकिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो