Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

पृथ्वीमा पो लकडाउन, आकाशमा त छैन ! १ सय ३० पाहुना बोलाएर आकाशमा बिहे

११ जेष्ठ २०७८, मंगलवार २२:०४


काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या पनि त्यसैगरी बढिरहेको छ । अधिकांश क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । भीडभाड हुने कार्यक्रमहरुमा रोक लगाइएको छ ।

नेपालसँगै छिमेकी देश भारतको अवस्था पनि यही छ । तर, एक जोडीलाई बिहेमा आफ्ना सबै आफन्तहरु बोलाउन मन लागेपछि उनीहरुले हवाइजहाजमा चढेर आकाशमा बिहे गरेका छन् । उनीहरुले १ सय ३० जना आफन्तको साथमा हवाइजहाजमा बिहे गरेका छन् । यो अनौठो बिहे तमिलनाडुमा भएको हो ।

तमिलनाडुमा कोरोना संक्रमणका केसहरु बढेपछि मुख्यमन्त्री स्टालिनले २४ मे देखि ३१ मेसम्म पूर्ण लकडाउनको घोषणा गरेका छन् । यही बीच कैयौं जोडीहरु जसले २४ देखि ३१ मेको बीचमा बिहे गर्ने योजना बनाएका थिए तीमध्ये धेरै जोडी मन्दिरबाहिर जम्मा भए र आफ्नो आफन्तको अगाडि बिहे गरे किनकि लकडाउनको अवधिमा कुनै पनि समारोहको अनुमति दिइएको छैन ।

एक जोडीले भने एक कदम अगाडि बढेर चार्टर्ड हवाइ जहाजमा बिहे गरे । द न्यू इण्डियन एक्सप्रेसका अनुसार तमिलनाडुको मदुरैका राकेश र दीक्षाले एक विमान भाडामा लिए र १३० आफन्तको साथमा विमान आकाशमा भएका बेला बिहे गरे । यो जोडीको बिहे २ दिन पहिले भएको थियो र बिहेमा निकै कम पाहुना सहभागी भएका थिए तर जब राज्यमा १ दिनको छुटको घोषणा भयो त्यसपछि उनीहरुले यसरी धेरै आफन्तको साथमा बिहे गर्ने योजना बनाए ।

दम्पतीले आफूसँग बिहेमा सहभागी भएका १३० जना सबै आफन्त भएको र उनीहरुको आरटीपीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई विमानमा चढाइएको दावी गरेका छन् । तमिलनाडुमा औसत ३५ हजार संक्रमणका केस भेटिएका छन् । यही कारण मुख्यमन्त्रीले लकडाउन कडा बनाएर एक हप्ता बढाउने निर्णय गरेका थिए । २३ मेका दिन एक दिनको लागि छुट दिँदै पसलहरु पनि राती ९ बजेसम्मका लागि खोल्न अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग