Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

इरानको राष्ट्रपतिमा सात जनाको उम्मेदवारी

११ जेष्ठ २०७८, मंगलवार २३:५०


दुबई : इरानमा आगामी जुन १८ मा सम्पन्‍न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनोटमा परेका छन् । सिफारिस गरिएका उम्मेदवारहरूमा इरानका प्रधानन्यायाधीश समेत अन्य छ जना छन् तर वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ ।

इरानी टेलिभिजनले न्यायपालिका प्रमुख इब्राहिम रैसीलाई मुख्य उम्मेदवारका रूपमा घोषणा गरेको छ । उनले भ्रष्टाचार विरोधी अभियानमा सशक्त भूमिका खेलेको भन्दै आमजनताले उनका कार्यको प्रशंसा गर्ने गरेका छन् ।

रैसीलाई ८२ वर्षीय इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको पनि समर्थन रहेको बताइन्छ । तर इरानको गार्डियन काउन्सिलले वर्तमान राष्ट्रपति हसन रौहानीको समर्थन प्राप्त पूर्वसभामुख अलि लारिजानीको उम्मेदवारी खारेज गरिदिएको छ । लारिजानीले आफू व्यवहारिक नेता भएको र सन् २०१५ को आणविक सम्झौताको पक्षधर भएको बताउँदै आएका थिए ।

लारिजानीले गार्डियन काउन्सिलको निर्णयविरुद्ध उजुरी नगर्ने संकेत गरिसकेका छन् । लारिजानीले ट्वीटरमा लेख्दै आफूले ईश्वर र राष्ट्रका लागि इमान्दारीपूर्वक काम गरिसकेको र आफू त्यसैमा सन्तुष्ट रहेको बताएका छन् । गार्डियन काउन्सिलले अस्वीकार गरेका अन्य व्यक्तिहरूमा पूर्वराष्ट्रपति महमुद अहमदिनेजाद र रौहानीका वरिष्ठ उपराष्ट्रपति इशाक जहाँगिरी पनि रहेका छन् ।

सर्वोच्च नेता खामेनीको नेतृत्वमा रहेको १२ सदस्यीय गार्डियन काउन्सिलले राष्ट्रपतिका उम्मेदवारहरुको चयन गर्ने गर्दछ । सन् २०१७ को राष्ट्रपति चुनावमा पराजित भएका रैसीलाई खामेनीले सन् २०१९ मा न्यायपालिकाको प्रमुखको रूपमा नियुक्त गरेका थिए ।

गार्डियन काउन्सिलले सिफारिस गरेका अन्य उम्मेदवारहरूमा पूर्व आणविक मध्यस्थकर्ता सईद जलिलि, पूर्व रिभोल्युसनरी गार्डका कमान्डर मोहसिन रेजाई, पूर्व सांसद अलि रेजा जकानी, सांसद अमिर होसेन घाजीजादेह, पूर्व प्रान्तीय गभर्नर मोहसिन मेहरालिजादेह र इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमाटी रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,