Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

मिया खलिफाको टिकटकमा प्रतिबन्ध

११ जेष्ठ २०७८, मंगलवार २३:०७


इस्लामाबाद–पाकिस्तान सरकारले टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर पनि फुकुवा गरिसकेको छ । पाकिस्तानी टेलिकम्युनिकेश अथोरिटी(पीटीए)ले यो सामाजिक सञ्जाल एपमा कन्टेन्टलाई शेयर गर्नका लागि नयाँ तरिका अपनाएको छ ।

आजतकका अनुसार पीटीएले अपनाएको नयाँ तरिका व्यक्तिगत रुपमा कसैको एकाउण्टमा प्रतिबन्ध लगाउनु हो । पीटीएले स्पोर्टस कमेण्टेटर तथा पूर्व पोर्न स्टार मिया खलिफाको एकाउण्टमाथि पाकिस्तानमा प्रतिबन्ध लगाएको छ ।

पीटीएले बिना कुनै आधिकारिक घोषणा मियाको एकाउण्टमा प्रतिबन्ध लगाएको हो । उनको एकाउण्ट के कारणले प्रतिबन्धमा पर्यो भन्ने निश्चित कारण खुलाइएको छैन ।

पाकिस्तानमा मियाका फ्यानले उनको कन्टेन्ट नभेटेपछि उनीहरुले यो विषयलाई ट्वीटरमा कुरा उठाए । मियाले ट्वीटरमार्फत नै आफ्नो एकाउण्ट प्रतिबन्धमा परेको जानकारी पाइन् ।

तर लेबनान मूलकी मियाले पीटीएको यो प्रतिबन्धलाई प्राथमिकता दिइनन् । उनले ट्वीटमा जुन कुरा लेखेकी छन्, त्यसले पाकिस्तानी फ्यानका लागि केही राहत दिएको छ ।

‘म अबदेखि आफ्नो सारा टिकटक ट्वीटरमा फेरि पोस्ट गर्दैछु । मेरो यो ती पाकिस्तानी फ्यानका लागि हो, जो फासीवादलाई मेटाउन चाहन्छन्’, उनले लेखेकी छन् ।

पाकिस्तानमा कैयौं सामाजिक सञ्जाल प्रयोगकर्ताले मियाको समर्थन र पीटीएको कामको आलोचना गरेका छन् । उनीहरुले पीटीएलाई आफ्नो काममा ध्यान दिन सुझावसमेत दिएका छन् ।

मिया सामाजिक र मानव अधिकार सम्बन्धी मुद्धामा आफ्नो धारणा व्यक्त गर्छिन् । उनले प्यालेस्टाइनमा इजरायलले गरेको हमलाविरुद्ध आवाज उठाएकी थिइन् ।

मिया २१ वर्षको उमेरमै पोर्न उद्योगको चर्चित नाम बनेकी थिइन् । यद्यपि अहिले उनले यो उद्योग छोडिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ