Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका २०७७ मा संशोधनले पुँजी बजारमा कस्तो प्रभाव पार्छ: अम्बिका प्रसाद पौडेल

१२ जेष्ठ २०७८, बुधबार १६:२३

नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशिका २०७७ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था सम्बन्धि थप दुई बुँदा र सो सम्बन्धमा मेरो बुझाई र यसले पूँजी बजारमा पार्ने प्रभाव ।

बुँदा नं ४, खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको १ प्रतिशत सम्मको लगानी मात्र बिक्री गर्न सक्ने छ। तर यस अघि (मिति २०७८/२/१० सम्मको) लगानी गरेका शेयर २०७९ असार मसान्त सम्म बिक्री गर्न यस व्यवस्थाले बाधा पुर्याएको छैंन।

बुँदा नं ५, ई प्रा नि नं १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना हुने प्रयोजनको लागि बाहेक घ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाउने छैन। तर यस अघि (२०७८/२/१० सम्म) त्यस्ताे शेयर खरिद गरेको भए २०७८ पौष मसान्त भित्र बिक्री/निवेश गरी सक्नु पर्ने छ।

लेखकः अम्बिका प्रसाद पौडेल

मेरो विचारमा परिपत्र आउनुको कारण:
१) केही बैंक तथा वित्तिय संस्थाहरुले पछिल्लो समयमा सक्रिय रूपमा शेयर ट्रेडिङ मा संलग्न भई उल्लेख्य दिन दिनै उलेख्य कारोबार गरेको र नाफा समेत कमाएको। जुन कुरा तेश्रो त्रैमासिक वित्तीय विवरणमा समेत देखिएको।
२) कारोबार रकममा भएको वृद्धिलाई धेरै हदमा तिनै संस्थाको कारोबार रकमले सहयोग गरेको भन्ने राष्ट्र बैंकको बुझाई।
३) पछिल्लो समयमा शेयरमा लगानी गर्ने बैंक वित्तीय संस्थाहरुको संख्या थपिँदै जानु ( देखासिकी गर्न र म पछि परीहालेकी भन्ने सोच यहाँ पनि मौलाएको) जसको कारण कतै आगामी दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो Core objectives बाटै विचलित हुने त होइनन् भनी नेपाल राष्ट्र बैंक गम्भीर भएको।
४) वैंक तथा वित्तिय संस्थाहरुले खोलेका Merchant Bank र तिनीहरूले नै संचालन गरेका Mutual Fund ले समेत त्यही कार्य गर्न अनुमति लिएकोमा फेरी बैंक तथा वित्तीय संस्थाहरुले त्यही कार्य किन गर्नु पर्यो भन्ने विषय पटक पटक उठान भएको।

मुख्य गरेर माथिकै परिवेशमा हिजोका निर्देशन जारी भएको देखिन्छ। यो राष्ट्र बैंकले आफ्नो नियमकिय भूमिकामा रहेर दिएको निर्देशन हो। माथिको निर्देशनले वैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने प्रभावका बिषयमा तत निकायहरुले बोल्ने नै छन। तर पनि हिजोको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरी स्थापना गर्न लगाएका लघुवित्तको लगानी र अहिले ५१/४९ गरी गरी कन्भर्सन भै सर्वसाधारण शेयरमा परिवर्तन भै लगानिको रूपमा देखिएका शेयरको बिक्रीमा प्रष्ट पार्नु पर्ने देखिन्छ। हाल बैंक तथा वित्तीय संस्थासँग रहेको शेयरको हिस्सामा त्यसरीआएको माइक्रो फाइनान्सको हिस्सा उल्लेख्य देखिन्छ।

पूँजी बजारमा हिजोको नीतिको प्रभाव
संख्यात्मक रूपमा धेरै कम वैंक तथा वित्तीय संस्थाहरु शेयर खरिद बिक्रीमा संलग्न भएको र यिनीहरुको लगानी अनुमानित ७ अर्ब रहेको बुझिन्छ। जसमा करिव ३ अर्ब कन्भर्सन भएका माइक्रो फाइनान्सको शेयरको मूल्य रहेकाे छ भने Tradeable लगानी मात्र ४ अर्बको देखिन्छ। यो रकम भनेको विगत केही दिन देखि कारोबार भएको रकमको एक दिनमा हुने कारोवारको १/३ हो। सो रकमलाई माइक्रो फाइनान्सको हकमा ८ महिना र अन्यको हकमा १४ महिना सम्मको अवधि दिएको हुनाले मानसिक रुपमा लगानीकर्ताहरुलाई केही असर परेता पनि कारोवारको हिसावले तात्विक रुपमा बजारलाई प्रभाव पार्ने सख्या होईन।

बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष रुपमा कारोबारी बन्न नपाउँदा कारोबार रकममा केही दिन कमी आउन सक्ने देखिन्छ। तथापि दोस्रो बजारमा दिनानुदिन बढी रहेका लगानीकर्ताहरुको सख्याले सो असरलाई छिटै पूरा गर्नेछ।

हाल पूँजीबजारमा लगानी गरिरहेका बैंक वित्तिय संस्थाले धेरैजसो लगानी क्रमश १४ महिना भित्र बिक्री गरी नाफा बुक गर्ने हुँदा यो वर्ष र आगामी वर्ष ती संस्थाहरुको नाफामा उलेख्य प्रगति देखिनेछ ।

आगामी दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो Core Banking Activities मा बढी फोकस भई उलेख्य वित्तीय प्रगती गरी र ग्राहक मैत्री सेवा विस्तार गर्ने छन।

बैंक तथा बित्तीय संस्थाहरुले औचित्यपूर्ण तथा बढी नाफा प्राप्त हुने लगानी लामो समयको लागि होल्ड गर्ने छन जसको कारण अहिले जस्तो supply हुने छैन।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सहायक कम्पनी (Merchant Bank, Mutual Fund) लाई अझ बढी सशक्त बनाउने छन र आफ्नो लगानी ती संस्था मार्फत वृद्धि गर्ने छन। Stock Dealer को सख्या आगामी दिनमा बढ्ने छन।

पटक पटक Micro Finance र इन्स्योरेन्सको मूल्य बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेकोले बढेको अर्थातआकास छुवाएको भन्ने आरोपबाट मुक्त हुने छन ।

अन्त्यमा, लामो समय देखि बैंक तथा वित्तिय संस्थाहरुले गर्दै आएको यो काम सम्बन्धित सरोकारवालासँग छलफल गरी गरेको भए र अहिले गरिरहेको लगानीलाई कम्तीमा उनीहरूकै विवेकमा बिक्री गर्ने मौका दिएको भए अझै राम्रो हुने थियो। यो नीति अल्पकालको लागि सर्वसाधारण लगानीकर्ताहरुको लागि अप्रिय रहे पनि भविष्यको लागि अवश्य फलदायी रहने छ।

नोटः लेख नेपाल टेलिकमका पूर्व निर्देशक अम्बिका प्रसाद पौडेलको फेसबुकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल