विश्वभरका नेपाली एकैसाथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा खर्च गरिने


विश्वभर छरिएका नेपालीलाई यही मे २९ तारिक नेपाली समय अनुसार दिउँसो ४ बजे एकै साथ अनलाइनमा जुममार्फत मःमः खाँदै विश्व कीर्तिमान कायम गर्नुका साथै परोपकारी कार्यमा जुट्न आह्वान गरिएको छ। कार्यक्रमको प्रत्यक्ष प्रशारण फेशबुक पेज ‘द दिपेश शो’ तथा हाम्रो पात्रो एपबाट प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।

सिड्नीबाट सञ्चालिन हुँदै आएको ‘द दिपेश शो’ कार्यक्रमका परिकल्पनाकार तथा रेडियो प्रस्तोता दिपेश श्रेष्ठका अनुसार विश्वभरका नेपाली एकै साथ जुममार्फत मःमः खाँदै विश्व रेकर्ड राख्ने कार्यक्रमको मनसाय हो। यो कार्यक्रममा आयोजकहरु दिपेश श्रेष्ठ, रहिन्द्र श्रेष्ठ र आसिश राज आचार्य रहेका छन्।

यो कार्यक्रममार्फत् हालसम्म नेपालका कोभिड विरामीका लागि करीब १३ लाख रूपैयाभन्दा बढी रकम संकलन भइसकेको छ भने सहयोग उठ्ने क्रम जारी छ। यसबाट उठेको रकम क्याप्टेन बिजय लामाको न्यानोपन नामक परोपकारी संस्थालाई सहयोग जानेछ।

कोविडको यस्तो महामारीमा घरमै बसेर, सामजिक दुरी कायम गर्दै जूममा अनलाइन आएर म:म: खाँदा यदि कोभिड संक्रमितहरुका लागि पैसा उठ्छ भने (करिब १४ लाख उठी सकेको छ, जसको सत प्रतिसत रकम कोभिड पिडितको लागि खर्च गरिने छ), यदि घरमै बसी रहनु भएको व्यक्तिहरुलाई केहि सहयोग गरेको अनुभूति गरेर मानसिक रुप केहि भए पनि सकारात्मक योगदान हुन्छ भने, किन भाग नलिने यो अभियानमा?

त्यस्तै म:म: बनाउँदा जसरी परिवारका सदस्यहरु एकै ठाउमा आएर बनाउने गर्छौ , त्यसरी नै यो अभियानले संसार भरिका नेपालीहरुलाइ एकै ठाउँमा ल्याउनेछ।

भनिन्छ नेपाल एउटा साझा फुलबारी हो, जहाँ अनेकौ फुलहरु मिलेर बगैंचालाइ सुन्दर बनाउछ। अनेकतामा एकताको उदाहरण प्रस्तुत गर्छ त्यसरी नै, नाम म:म: भए पनि त्यस भित्र हाल्ने गुदी अनेक थरि हुन्छ, आकार अनेक हुन्छ, पकाउने तरिका अनेक हुन्छ, झन् अचार त कति थरि को हुन्छ हुन्छ, त्यसैले म:म: अनेकतामा एकताको प्रतिक हुनेछ ।

यो अभियान किन?
कोभिड माहामारीले जीवनलाई अती नै दयनिय असर पारेको बेला हामी सबैलाई सहयोगको खाचो छ। खासगरी नेपालमा। यो कार्यक्रम मार्फत केही रकम सँकलन भएको छ। सो रकमलाई कोभिड राहतको लागि परिचालन गरिनेछ। ज्योति गुमेका, गर्भवती र अन्य कोभिडले मर्माहित ब्यक्तिको लागि रकमले ठुलो सहयोग गर्नेछ यस दु:खद बेलामा।

के यो दु:खको घडीमा मनाउन लागेको उत्सव हो?
पटक्कै होइन। यो एउटा भेला हो जसको केही उदेश्य हरु छन। म:म मार्फत समाजसेवा को भावना उजागर गर्न। म्:म लाई संसारमा चिनाउनु । नेपाल चिनुनु भनेको थप सहयोग आउनु हो। जूमबाट कोभिड नसर्ने भएकोले कार्यक्रमले यो ढाँचा अपनाईएको ।

म:म नै किन?
सजिलो र एक प्रचलित हामी सबैले मन पराउने पारीकर भएकोले।

कुनै राजनीतिक संस्थाले चालेको कदम हो?
बिल्कुल होइन। सधैं खाएको म:मले आफ्नो मात्र पेट भर्यो यो पाली कसैको जीवनमा केही सकारात्मक असर आफ्नै कोठामा बसेर पनि पार्न सकिन्छ भन्ने सोचको सुरुवात हो।

भाग लिन पैसा पर्छ?
पर्दैन।

के म:म मार्फत काटमार प्रवर्धन गर्न खोजिएको हो?
होइन, तपाईंले शाहकारी म:म खाएर पनि भाग लिन सक्नुहुन्छ। तपाईंको आस्था विश्वाश भावना को हामी कदर गर्छौ।

चन्दा कती दिन मिल्छ?
आफ्नो हैसियत अनुसार जती पनि। चन्दा दिन सक्नु हुन्न भने पनि एकदम ठीक छ, साथीहरुलाई यो अभियानको बारे भन्दिनु होला त्यो पनि ठुलो सत्कर्म हुनेछ।

विदेशमा भएको नेपाली ब्यापारिक संस्था र सर्बसधारण ले किन अहिले सम्म १३ लाख रुपैया चन्दा दिए त?
समाज सेवा को भावना अनुभुत गरेर। आफुले खेलेको देखेको हुर्केको माटो रुख पधेरो हिमाल पहाड आफ्नो स्‍मृतिपटलमा आएर र म अझै नेपाली नै हो भन्ने सोचेर।

कार्यक्रम कहिले हुन्छ?
मे २९ तरिक, नेपाली समय दिउँसो ४ बजे।

भाग कसरी लिने?
यहाँ थिचेर Bit.ly/momolover

चन्दा कसरी दिने?
Bit.ly/nyanopan

अभियानको बारे थप जानकारी कसरी पाउने?
https://www.facebook.com/groups/momoworldrecord

उठेको पैसा सहि ठाउँमा सदुपयोग हुन्छ त?
हामी सबै विवरण नितान्त प्रस्तुत गर्छौ। तपाईंले पनि दु:ख गरेर कमाएको रकम हो।

यस्तो बेला यो कार्यक्रम आवश्यक छ त?
यस्तो बेला नै परोपकारी संस्थाहरुलाई सहयोगको खाँचो हुन्छ।

नेपाल बहिरबाट भाग लिन मिल्छ?
सहयोग गर्न संसारको जुन कुनाबाट पनि उदार हुनुपर्छ।

बिभिन्न कलाकार र ख्यातीप्राप्त ब्यक्तीहरुले किन भाग लिदै छन?
उनीहरुलाई पनि थाहा छ कोभिले धनी गरीब अग्लो होचो कसैलाई भेदभाव गर्दैन भनेर र यस अभियानमा आफ्नो पनि केही दयित्व छ भनेर।

आयोजकहरुले के पाउछन?
केही पुन्य शायद र आत्म सन्तुस्टी

गिनिज बुकमा किर्तिमान हुने पक्का छ त?
कोशीस जारी छ। तर गिनिजको पाटो छोडेर, अभियान सफल हुनु भनेको हामी सबैको साझा सफलता चै पक्कै हो।


Loading comments...