एकै दिन ९८४१ जना कोरोना संक्रमणमुक्त


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८ सय ४१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ।

देशभर कोरोना निको हुने दर ७८.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो एक दिनमा ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ हजार ७० पुगेको मन्त्रालयले छ।

यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ।


Loading comments...