
प्रधानमन्त्री ओलीको सम्बोधनप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी- जो चोर उसकै ठूलो स्वर !
१४ जेष्ठ २०७८, शुक्रबार २०:०१
काठमाडौं- प्रधानमन्त्री ओलीले आज शुक्रबार राष्ट्रका लागि सम्बोधन गर्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रधामन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि राजनीतिक परिवेश जटिल बनेको प्रशंगलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै जो चोर उसको ठूलो सोर भनेर प्रधानमन्त्री ओलीप्रति कडा टिप्पणी गरेका हुन् ।
उनले अन्यथा अर्थ नलागोस् अवैधानिक र असंवैधानिक ढंगले कुर्सीमा टॉसिइरहनुभएका प्रम ओलीको यो अवैधानिक ‘बार्षिक नीति तथा कार्यक्रम’ वाचन र त्यसभित्रका असत्य र अर्धसत्य दावी र प्रतिपक्षी दल र नेतामाथि दुराशयपूर्ण कटाक्ष’ जो चोर उसको ठुलो स्वर’जस्तो लाग्यो ।
उनले कुराले चिउरा नभिज्ने बताउँदै अति गरे खति हुने दावीसमेत गरे । प्रधानमन्त्री ओलीले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुक गम्भिर संकटतर्फ फसेको संकेत गरेका थिए ।
उनले आफ्नो बचाउ गर्दै विपक्षी दलहरुप्रति कडा टिप्पणी गरेका थिए । अर्थमन्त्रालयले आजै प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार दुइ दशक यताकै कमजोर आर्थिक बृद्धिदर रहेको प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ